१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पुष १८- झापा, १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-९ मागुरमाणी बस्ने २८ वर्षीय भुपाल विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्