टीकापुरबाट लागु औषध (खैरो हेरोईन) सहित ३ जना पक्राउ

पुष १८- टीकापुर, टीकापुर प्रहरी कार्यालयबाट सादा पोषाकमा खटिएको प्रहरी टोलीले मिति २०८०।०९।१६ गतेको १८ः०० बजेको समयमा जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं. ९ खक्रौला स्थित टीकापुर खक्रौला सडक खण्डमा तिकुनियातिरबाट आईरहेको जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं.२ बस्ने बर्ष १८ को निराजन चौधरीलाई शंका लागि निजको शरीर खानतलासी गर्दा निजले लगाएको पाईन्टको खल्तीबाट लुकाई छिपाई राखेको अवस्थामा १ ग्राम ४७० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थको ३ पोका फेला पारी बरामद गरी निजलाई पक्राउ गरिएको ।

 

उक्त वारदातमा जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं. ५ बस्ने बर्ष २० को बिकाश पुनमगर र ऐ.ऐ. बस्ने बर्ष २२ को चन्द्र बिष्टको समेत संलग्नता रहेको कुरा बुझिएकोले निजहरुलाई समेत पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको ।

प्रतिक्रिया दिनुहोस्