तीन सय ८७ थान मोबाईल भन्सार छली गरेर ल्याउँदै गर्दा बरामद

पुष १८-  प्रहरीले  आठ लाख बराबरको अवैध मोबाईल फोन बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मंगलबार साँझ चन्द्रनिगाहपुर गौर सडक खण्डमा चाँजका क्रममा यात्रुबाहक बसको डिक्कीबाट अवैध रुपमा भन्सार छली गरेर ल्याउँदै गरेको मोबाईलहरु बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले चन्द्रनिगाहपुर गौर सडक खण्डको चन्द्रपुर नगरपालिका वडा नं.५ तल्लोबजारमा सवारी जाँच गर्ने क्रममा गौरतर्फबाट चन्द्रनिगाहपुरतर्फ आएको यात्रुवाहक बसको डिक्कीमा रहेको ३ वटा बोरामा ल्याईदै गरेको ३ सय ८७ थान मोबाईल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एलिजा गिरीले जानकारी दिएकी छिन् ।

आठ लाख अठार हजार नौ सय छ रुपैयाँ बराबरको मोबाईल आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा दाखिला गरिएको गिरीले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्