भन्सार छलीका २ लाख ५४ हजारका सामान बरामद

पुष १४- कञ्चनपुर,  कञ्चनपुरबाट प्रहरीले २ लाख ५४ हजार मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० बाट ९४ हजार एक सय ४० र वडा नम्बर ६ बाट एक लाख ६० हजार चार सय मूल्यका सामान बरामद गरिएको हो।

सुदूरपश्चिम प्रदेश, प्रहरी धनगढीका अनुसार भीमदत्त नगरपालिका–१० बाट ९४ हजार एक सय ४० का चिनि, मिश्रि, तेल, सोडा, नरिवल, विभिन्न हार्डवेयरका सामान बरामद गरिएको हो। भीमदत्त–६ बा एक लाख ६० हजार चार सयका भाँडावर्तन, जुत्ता चप्पल, डोर स्प्रिङ हेल्मेट, कफन कपडा, बल, किलिप बोर्ड, विवाह कार्ड, फोटो पेपर लगायतका अवैध सामान बरामद गरिएको हो। शुक्रवार साँझको प्रहरी गस्ती टोलीले बेवारिस सामान बरामद गरेको हो। भन्सार छलीको सामान गड्डाचौकी भन्सार पठाइने छ।

प्रतिक्रिया दिनुहोस्