नेपाल राष्ट्र बैंकका गभर्नरको मुद्दामा कारण देखाउ आदेश

पुष १३-  नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै दायर भएको रिटमा कारण देखाउ आदेश जारी भएको छ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार अधिकारीको नियुक्ति बदर गर्न अन्तरिम आदेशको माग गरिए पनि इजलासले कारण देखाउ आदेश मात्र जारी गरेको छ। न्यायाधीश सुष्मालता माथेमाको इजलासले यस्तो आदेश दिएको हो।

गभर्नर बन्न स्नातकोत्तर उत्तीर्ण गर्नुपर्ने भए पनि गभर्नर अधिकारीसँग उक्त योग्यता नभएको रिटमा जिकिर गरिएको छ। रिटमा अधिकारी सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, राष्ट्र ब्यांक सञ्चालक समितिलाई विपक्षी बनाइएको छ।

अधिकारीले चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेका छन्। तर त्यो स्नातकोत्तर सरहको उपाधि नभएको रिटमा दाबी गरिएको छ। अधिकारी २०७६ सालमा गभर्नर नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्