स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

पुष १३-पश्चिम नवलपरासी, पश्चिम नवलपरासीको पाल्हिनन्दनमा स्कुटर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुरमा भारतीय नम्बर प्लेटको यूपी ५६ एडी नम्बरको स्कुटर आफैं अनियंत्रित भएर दुर्घटना हुँदा ७० वर्षीय बिर्जु तेली गुप्ताको मृत्यु भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराका अनुसार खेतमा मल लिएर जाँदै गर्दा स्कुटर चलाउँदा चलाउँदै चक्कर लाएर घटना भएको अनुमान गरिएको छ । स्कुटर दुर्घटनामा परेका तेलीको घटानास्थलमा नै मृत्यु भएको थियो। मृतक तेलीको शव पोस्टमार्टमका लागि जिल्ला पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्