पुष १३-ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको हो ।
प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको उनले बताए ।
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । यसअघि आन्दोलनकारीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाई दिएका हुन् । मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडीबाट उनलाई झारेर पर्दर्शनकारीहरूले आगजनी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्