देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ

पुष १२-धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-४ हरैया चन्द्रपुरबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय ललन सहनी समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले प्र.२-०२-००५ प २२०३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

कैलाली, भजनी नगरपालिका-३ मोरीयाघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका-१ भुरुवा बस्ने २२ वर्षीय दिनेस चौधरी समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.६ प ५६५६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका-२ गोपिगंजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९१ मिलिग्रामसहित बर्दघाट नगरपालिका-६ विद्युत बस्ने ३२ वर्षीय पुकार चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले लु.६४ प ८८३२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चौधरीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ मिलिग्रामसहित सुनसरी दुहबी नगरपालिका-९ बस्ने ३० वर्षीय मो.सहबाज समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प ८६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कपिलवस्तु, शिवराज नगरपालिका-९ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय ७० मिलिग्रामसहित दाङ घोराही उपमहानगरपालिका-१४ मिलन चोक बस्ने २२ वर्षीय गोबिन्द कुमार चन्दलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, गोदावरी नगरपालिका-३ चौकी डाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्रामसहित कृष्णपुर नगरपालिका-६ गजरौला बस्ने २६ वर्षीय राजेश लुहारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-८ बस्ने २८ वर्षीय हरिश भण्डारीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४७ मिलिग्रामसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो र ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्