जुत्ताको तुना घाँटीमा कसेर श्रीमतीको हत्या

पुष १२- आफैँले लगाएको जुत्ताको तुना घाँटीमा कसेर पोखरामा श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन् ।

म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकम घर भई पोखरा-२९, नौबिसेका ३६ वर्षीय रत्नबहादुर घर्तीले बुधबार श्रीमतीको हत्या गरेका हुन् । २९ वर्षीय रेखा घर्तीको नौबिसेको तोरी बारीको कान्लामा हत्या भएको हो ।

रेखाको परपुरुषसँग सम्बन्ध रहेको थाहा पाएपछि आवेगमा रत्नले हत्या गरेको बताइएको छ । हत्या गर्ने रत्नबहादुरलाई इलाका प्रहरी कार्यालय शिशुवा, कास्कीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्