भजनीबाट लागूऔषधसहित तीन जना पक्राउ

पुष १२- कैलाली, कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। कैलालीको भजनी नगरपालिका-३ मोरीयाघाटबाट ३ ग्राम ४० मिलिग्राम लागूऔषध खैरोहेरोईनसहित कैलालीको लम्कीचुहा नगरपालिका-१ भुरुवाका २२ वर्षीय दिनेश चौधरीसहित दुई जना बुधवार साँझ पक्राउ परेका हुन्।

मोटरसाईकलको टुल बक्स भित्र लुकाई राखेको अबस्थामा लागूऔषध फेला पारी मोटरसाईकलसहित दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुबै जनालाई प्रहरी चौकी जनकपुर कैलाली र सशस्त्र प्रहरी बल बीओपी कुसुमघाटबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।

यस्तै कैलालीको गोदावरी नगरपालिका-३ चौकीडाडाँबाट २२० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ गजरौलाका २६ वर्षीय राजेश लुहार बुधबार दिउँसो पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले लुहारलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्