भारतमा यात्रुबाहक बस दुर्घटना हुदाँ १२ जनाको मृत्यु

पुष १२- भारतको मध्ये प्रदेशमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । गएराति प्रदेशको गुना जिल्लामा एक यात्रुबाहक बस टिपरसँग ठोक्किँएको थियो । टिपरसँग ठोकिएपछि बसमा आगो लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दुर्घटनामा अन्य १४ जना घाइते भएको दैनिक भास्करले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको समाचारमा उल्लेख छ ।

बसमा ३० जना सवार थिए । जसमध्ये चार जना सकुसल बाहिर निस्किएका थिए । मध्ये प्रदेश सरकारले मृतकका परिवारलाई जनही चार लाख दिने घोषणा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्