ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र चेल्सी विजयी

पुष १२- ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र चेल्सी विजयी भएका छन् । गएराति भएका खेलमा सिटीले एभर्टनलाई हरायो भने चेल्सीले क्रिष्टल प्यालेसलाई हरायो । म्यान्चेस्टर सिटीले एभर्टनलाई ३–१ ले पराजित गर्दा चेल्सीबाट क्रिष्टल प्यालेस २ –१ ले पराजित भएको हो ।

यो जितसँगै सिटी तालिकाको चौथों स्थानमा उक्लियो ।

सिटीका लागि फिल फोडेन, जुलियन अल्भारेज र बर्नार्डो सिल्भाले एक एक गोल गरे । चेल्सीको जितमा मिखाइलो मुड्रिकले पहिलो गोल गरे भने नोनी माडुकेले पेनाल्टीमार्फत दोस्रो तथा निर्णायक गोल गरेका हुन् ।

गएराति नै भएको अर्को खेलमा वुल्भरह्याम्प्टन वान्डरर्सले ब्रेन्टफोर्डलाई ४–१ ले हराएको छ । पछिल्लो खेलपछि प्रिमियर लिगको अंक तालिकामा १९ खेलबाट ४२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको आर्सनल ४० अंकसहित दोस्रोमा छ ।

तेस्रो स्थानको एस्टन भिल्लाको ३९ अंक छ भने ३७ अंकसहित म्यान्चेस्टर सिटी चौथो स्थानमा उक्लिएको छ । २५ अंक मात्रै जोडेको चेल्सी तालिकाको दशौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्