आगोमा परेर एक जनाको मृत्यु

पुष ११-अछाम, अछाममा आगोमा परेर एक जना पुरुषको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका–३ का ३६ वर्षीय सुरेश कुवरको मृत्यु भएको हो।

उनी मृगी रोग भएको समेत पाइएको छ। उनी घरभित्र भान्साकोठाको आगोमा परेर घाइते भएका हुन्। घाइते कुवरको उपचारकाक्रममा न्याय हेल्थ अस्पताल बयलपाटामा मङ्गलवार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्