हातहतियार सहित दुई जना पक्राउ

पुष ११- ताप्लेजुङ, पाथिभरा याङवरक गाउँपालिका-१ त्रिवेणी भन्ने जङ्गलबाट विभिन्न हातहतियारसहित सोही गाउँपालिका-१ सेसम्बु बस्ने २४ वर्षीय मौसम खिमदिमसमेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरीले उनीहरूलाई दुई नाले भरुवा बन्दुक १ थान,  एक नाले भरुवा बन्दुक १ थान, खुकुरी १ थान, मृगको सिङबाट बनेको गुलेली १ थान, मारेको कालिज १ वटा र भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामाग्रीहरूसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्