कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित 4 जना पक्राउ

पुष ११- कैलाली, कैलालीको धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१३ कैलालीगाँउबाट १३ मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाँउका २३ वर्षीय सुबास रानासहित दुई जना मंगलवार दिउँसो पक्राउ परेका हुन्।

प्रहरी चौकी कैलालीगाँउबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका-४ फ्लोरिडा स्कुल नजिकबाट ०.०९ ग्राम लागूऔषधसहित भीमदत्त नगरपालिका-६ बनगाँउका २८ वर्षीय बिनोद भुजेलसहित समेत दुई जना मंगलबार साँझ पक्राउ परेका हुन्।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्