क्यासिनोमा काम गर्ने महिला मृत फेला

पुष ११-कञ्चनपुर, कञ्चनपुरको क्यासिनोमा काम गर्ने एक महिला मृत फेला परेकी छिन्। जिल्लाको भीमदत्त–५ वनखेतस्थित डायमण्ड क्यासिनोमा कार्यरत प्रिंयका राजवंशी आफ्नो डेराको कोठामा मृत फेला परेकी छिन् ।

झापाको मेची नगरपालिका– ६ की मृतक राजवंशी मंगलवार आफ्नो कोठामा मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ। उनको शवलाई पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ। कारण खुल्न नसकेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्