मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

पुष ८-सर्लाही, भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिका–६, मा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक कौडेना गाउँपालिका–६, सक्रौलका २० वर्षीय इन्दल सहनीको मृत्यु भएको हो । शनिबार राति ९ः४५ बजेतिर भाडसरबाट सिमरा जाने भित्री बाटोमा बीआर ३० डब्लु ६३९० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ बिजुलीको पोलमा गएर ठोक्किँदा सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सहनीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । मृतक सहनीको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।

– गोरखापत्र

प्रतिक्रिया दिनुहोस्