ताइवानमा ६.३ रिक्टर स्केलको भूकम्प

पुष ८- ताइवान, ताइवानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले आइतबार बिहान ताइवानमा शक्तिशाली भूकम्प गएको जनाएको छ ।

भूकम्पको तीव्रता रिक्टर स्केलमा ६.३ मापन गरिएको छ ।

समाचार एजेन्सी रोयटर्सले जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सलाई उद्धृत गर्दै भूकम्पको केन्द्रविन्दु १० किलोमिटर (६.२१ माइल) गहिराइमा रहेको बताएको छ।

भूकम्पको कडा धक्काले सबै मानिसहरु घरबाहिर निस्केका थिए । भूकम्पका कारण जनधनको क्षतिको कुनै समाचार आएको छैन

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्