गायक सन्तोष लामालाई अवार्ड र सम्मान, दुवै हातमा लड्डु

पुष ७-  गायक सन्तोष लामा यु ए ई मा अवार्ड प्राप्त गर्नुका साथै सम्मानित भएका छन ।

 

गत पुष १ गते यु.ए.ई को एभरेष्ट क्ल्व वरदुवईमा भएको पाँचौं ज्योती फिल्मस् म्युजिक अवार्ड २०८० मा सर्वोत्कृष्ठ काँठे गायकको अवार्ड उचाल्न सफल भएका छन । पाँचौं ज्योती फिल्मस् म्युजिक अवार्ड तथा ज्योती साँस्कृतिक साँझ २०८० मा उनले आफ्नो प्रस्तुती पनी दिएका थिए ।

यसैगरी काभ्रे सेवा समाज यु.ए.ई ले आयोजना गरेको अर्को छुट्टै कार्यक्रमवाट पनी सम्मानित भएका छन । गीतसंगीतमा निरन्तर सक्रियताका साथ लोक कला संस्कृतिको जगेर्ना तथा काभ्रे जिल्लाको चिनारीका लागि गीतसंगीत मार्फत गरेको योगदानको कदर गर्दै सम्मान गरेको हो । यु ए ई मा पुगेर दुवै हातमा लड्डु भने झैं अवार्ड प्राप्त र सम्मान प्राप्त गर्दा गायक लामाले खुसी व्यक्त गर्नुका साथै गीतसंगीतमा अझै अघि वढ्नका लागि प्रेरणा मिलेको वताएका छन ।

काभ्रेपलाञ्चोकमा जन्मिएका गायक लामाको लोक दोहोरी, आधुनिक, तामाङ सेलो गीतहरु लोकप्रिय रहेका छन ।

प्रतिक्रिया दिनुहोस्