चन्द्रागिरीबाट लागूऔषधसहित पक्राउ

पुष ६-काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८४ मिलिग्रामसहित झापा अर्जुनधारा नगरपालिका-२ बस्ने २७ वर्षीय राजन योगीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङगाबाट खटिएको प्रहरीले बा.प्र.०१-००१ ख २७७७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैयाबाट अवैध लागूऔषध गाँजा करिब ३६ केजी शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले सोही ठाउँस्थित सर्भिस लाईनमा पार्किङ गरी राखेको डिएल ४ सीएनबी ३६८१ नम्बरको स्कारियो जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्