यमन खनालको प्रस्तुती “माया वसेसी” चर्चामा

पुष ५- युवा गायक यमन खनालको प्रस्तुती “माया वसेसी” सार्वजनिक भएको छ । लोकप्रिय गायक राजु परियार र सुप्रसिद्ध गायिका विष्णु माझीको स्वरमा रहेको लोकदोहोरी गीतमा कृष्ण लेकालीको लय तथा शव्द सिर्जना रहेको छ । सार्वजनिक भएको गीतमा धेरै दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया आइरहेका छन ।

यमन खनाल नामक युटयूव च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियोलाई दिल कुमार विश्वकर्माले निर्देशन गरेका हुन । निर्देशक विश्वकर्मा गायक तथा ड्रिम्स म्युजिक प्रा.लि का अध्यक्ष समेत हुन । गीतको भिडियोमा यमन खनाल, सर्मीला डाँगी, नवराज काप्रि, रेणुका भट्टराई, निशान रसाइली, सरु रसाइली, उपेन्द्र खडका, लक्ष्मी न्यौपाने, शान्त शिशिर र झरना वि.सीको वेजोड अभिनय रहेको छ । मरुभुमी नारायणले छायाङ्कन गरेको भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन ।

केहि वर्ष अगाडि नै रेकर्ड भएर सार्वजनिक भैसकेको गीतको भिडियो भने नयाँ रहेको प्रस्तुतकर्ता तथा गायक यमन खनालले जानकारी दिए । गायक खनालको यसभन्दा अघि चन्द्र सुर्य झण्डा, तिम्ले फोन ग¥यौ सानु यहि बेला, बैंस आउनाले, छोपेको चिनी लगायतका दर्जनौं गीत लोकप्रिय रहेका छन ।

 

भिडियो:

प्रतिक्रिया दिनुहोस्