राष्ट्रिय संगीतकर्मी संघ यु.ए.ई शाखामा प्रकाश पुरी निर्वाचित

पुष ५-राष्ट्रिय संगीतकर्मी संघ यु.ए.ई शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । गत आइतबार यु.ए.ई को वरदुवईमा प्रकाश पुरीको अध्यक्षतामा १७ कार्यसमिति निर्वाचित भएका छन ।

निर्वाचित हुनेहरुमा उपाध्यक्ष रीता लामा, महासचिव सिता स्मृती राई, सचिव वासुदेव ढुङ्गाना, सहसचिव मिरा शिवाकोटि, कोषाध्यक्ष कल्पना केसी, सहकोषाध्यक्ष देव पुरी, सदस्यहरु सविना सापकोटा, सिर्जना गुरुङ, दिपक गदाल, ठाकुर ओझा, राज गिरी, प्रकृती स्याङवो तामाङ, शिरु शर्मा, सुजल मगर , भानुभक्त दाहाल र केशव श्रेष्ठ रहेको निर्वाचन मण्डलका प्रमुख तथा राष्ट्रिय संगीतकर्मी संघ काठमाण्डौंका मुरली धिमालले जानकारी दिए । यस्तै वरिष्ठ सल्लाहकारमा जे.सागर र सल्लाहकारमा नविन आर.कार्की चयन भएका छन ।

राष्ट्रिय संगीतकर्मी संघ केन्द्रका वरिष्ठ उपाध्यक्ष प्रकाश कटुवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष अतीथिहरुमा राष्ट्रिय संगीतकर्मी संघ काठमाण्डौंका अध्यक्ष निरेन श्रेष्ठ लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्