सामुदायिक वनमा एक पुरुष मृत अबस्थामा फेला

पुष ४-कैलाली, कैलालीको सामुदायिक वनमा एक पुरुष मृत अबस्थामा फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका-१ लक्ष्मीपुर बस्ने ७३ वर्षीय गंगाधर गौतम मृत फेला परेका हुन्।

सोही ठाँउ स्थित शिवशक्ति सामुदायिक वनमा मंगलवार दिउँसो गौतम मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय सुखडबाट आवश्यक अनुसन्धान भईरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्