भजनीबाट लागूऔषधसहित १ जना पक्राउ

पुष ४-कैलाली, कैलालीमा लागूऔषधसहित लोकबहादुर कुमाल पक्राउ परेका छन्। भजनी नगरपालिका-३ ठेकीपुल नजिक भित्री सडक खण्डबाट ६ ग्राम ७५ मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित भजनी नगरपालिका-१ बस्ने २९ वर्षीय कुमाल मंगलवार पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा कुमालको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। उनले प्रयोग गरेको मोटरसाईकल एक थानसहित पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्