पुष २-ईलाम, सूर्योदय नगरपालिका-१० फिक्कल बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय ३० मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त बजारमा घडी तथा मोबाईल सेन्टर संचालन गरी बस्ने सोही नगरपालिका-८ घर भएका ४० वर्षीय थिनम तामाङ र सोही नगरपालिका-१० आले बस्ने २८ वर्षीय अभिषेक राई रहेका छन् । तामाङले राईलाई उक्त पदार्थ बेचबिखन गरिरहेको अवस्थामा प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-१ स्थित महाकाली नदीमा निर्माणाधिन पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ २ ग्राम ४२ मिलिग्रामसहित बेदकोट नगरपालिका-१० बस्ने ३० वर्षीय धनिराम कामीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थाई प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको प्रहरीले भारतबाट आउँदै गरेको यूके ०४ एम २८८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्