चन्द्रागिरीबाट चरेश र खैरो हेरोइनसहित ६ जना पक्राउ

पुष १-काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ बलम्बुबाट अवैध लागूऔषध चरेश २५ किलोग्रामसहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गल्छि गाउँपालिका-५ कोइली खर्क बस्ने ५० वर्षीय कान्छा तामाङ र सोही ठाउँ बस्ने ४० वर्षीय भिम बहादुर तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ नयाँ ठिमीबाट अवैध लागूऔषध खैरो हेरोइन ९३ ग्रामसहित ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा कमला नगरपालिका-७ बस्ने ३० वर्षीय सुनिल पासवान, सोही नगरपालिका-१ मण्ग्राहा बस्ने २० वर्षीय अमिन्दर पासवान, भक्तपुर ठिमी नगरपालिका-४ बस्ने ३६ वर्षीय डिकेन्द्र भट्टराई र सोही ठाउँ बस्ने ३१ वर्षीय राम तामाङ रहेका छन् । उनीहरूलाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खैरो हेरोइनसहित पक्राउ गरेको हो । उनीहरूले लामो समयदेखि भारतबाट ल्याई अवैध करोबार गर्ने गरेको खुल्न आएको छ ।

यस समबन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्