२८ ग्राम ३७० मिलिग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

पुष १-झापा, पार्सल गर्न लागेको ज्याकेटमा दुलो बनाई ज्याकेटभित्र लुकाई राखेको अवैध लागूऔषध ब्राउन सुगर २८ ग्राम ३ सय ७० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचिनगर नगरपालिका-१२ कालीझोडा बस्ने ३० वर्षीय राजु बिश्वकर्मा र ईलामको ईलाम नगरपालिका-१ बस्ने २० वर्षीय दिपक दाहाल रहेका छन् ।

ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरीले टोलीले बिर्तामोड नगरपालिका-१ पश्चिम बसस्टपमा काठमाडौं ज्याकेट पार्सल गर्न आएका विश्वकर्मालाई जाँच गर्दा पार्सल गर्न ल्याएको ज्याकेटमा लुकाई ल्याएको अवस्थामा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध दिपकको हो भन्ने खुल्न आएपछि बिर्तामोड नगरपालिक-१ बाट दिपकलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्