मोटरसाइकल चोरी गरी नम्बरप्लेट परिवर्तन गरिरहेको अवस्थामा दुई जना पक्राउ

पुष १-काठमाडौं,  मोटरसाइकल चोरी गरी नम्बरप्लेट परिवर्तन गरिरहेको अवस्थामा काठमाडौं महानगररपालिका-१४ कलंकीबाट २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-७ हसनटार डेरा गरी बस्ने २० वर्षीय किरन तामाङ  र चन्द्रागिरी नगरपालिका दहचोक डेरा गरी बस्ने १८ वर्षीय किशोर रहेका छन् । दुवैजना धादिङ गजुरी गाउँपालिका-८ किरनचौरका हुन् ।

कलंकीस्थित सडकमा मोटरसाइकल चोरी गरी नम्बरप्लेट परिवर्तन गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई बा.प्र ०२-०४० प ६३८१ नम्बर तथा बा.प्र ०२-०४७ प ११८३ नम्बरका २ थान मोटरसाइकल र चोरी गर्न प्रयोग गर्ने सामानसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्