थापाथलीमा पुरूष मृत फेला

पुष १-काठमाडौंको थापाथली चोकको सडक पेटीमा एक पुरूष मृत भेटिएका छन्। आज बिहान ६ बजे थापाथली अस्पताल जाने सडकको पेटीमा अन्दाजी ४० वर्षका पुरूष मृत भेटिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

मृत भेटिएका व्यक्तिको पहिचान हुन सकेको छैन। स्थानीय पसलेहरुले उनी मागी हिँड्ने व्यक्ति भएको बताएका छन्। शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्