एक पुरुष मृत अवस्थामा फेला

पुष १-कैलाली, कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका-१ बेलार बस्ने ५७ वर्षीय मानबहादुर कुँवर मृत फेला परेका हुन्।

कुँवर घरदेखि अन्दाजी ५०० मिटर दक्षिण आफ्नै खेतमा शनिवार दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्