दाङमा टिप्परले ठक्कर दिँदा २ जनाको मृत्यु

मंसिर ३०-तुलसीपुर, दाङमा टिप्परको ठक्करबाट प्युठानका २ युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको झिमरुक गाउँपालिका– ४ बाङ्गे बस्ने बर्ष १७ को बिशाल जि.सी. र नौबहिनी गाउँपालिका– लुङ बस्ने १८ वर्षका सागर केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी जनकबहादुर मल्लले जानकारी दिए ।

घाईते भई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमाउपचारको क्रममा मृत्यु भएको । तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ क १३०७ नं.को टिप्परले रा २ प ५५८९ नं.को मोटरसाइकललाई घोराही –.१० धारबैरा चोकमा गएराति साढे १० बजे ठक्कर दिएको थियो । घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्पर चालक रोल्पा रुन्टीगढी – ९ बस्ने बर्ष २६ का ईश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्