हायस दुर्घटना हुँदा १२ जना घाइते

मंसिर २७-सिन्धुली, सिन्धुलीमा हायस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

गम्भीर घाइते हुनेहरूमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका-८ बस्ने ३८ वर्षीया यशोधा प्याकुरेल र उनको १० वर्षीय छोरा केशव प्याकुरेल छन्। उनीहरूको हात, मुख र शरीरमा चोट लागको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरञ्जीबी दाहालले जानकारी दिए।

 

बुधबार काठमाडौंबाट उदयपुरको गाइघाटतर्फ आउँदै गरेको बा३ख ९७८८ नम्बरको हाइस बीपी राजमार्गको कमलामाई नगरपालिका-२ भद्रकाली नजिकै दुर्घटना भएको भएको थियो।
त्यस्तै घाइते हुनेमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका ८ का वर्ष ५७ को अर्जुनप्रसाद ढुंगाना,  वर्ष ५१ की भगवती ढुंगाना, ५३ वर्षका रामप्रसाद ढुंगाना, वर्ष ६२ का बासुप्रसाद ढुंगाना, वर्ष २३ का अतिश ढुंगाना, वर्ष ३३ का नवराज सुवेदी, वर्ष ५७ की रेणुका र सुनिल ढुंगानाको छोरी वर्ष १० की रेशिका ढुंगाना छन्।

घाइतेहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले चालक सन्तलाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दाहालको भनाइ छ। गाडीमा ब्रेकफेल हुँदा दुर्घटना भएको चालकले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्