सुनसहित एक जना पक्राउ

मंसिर २७-काठमाडौं, अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको सुन जस्तो देखिने धातु १ सय ७० ग्रामसहित भारतीय नगरिक ५० वर्षीय जितेन्द्र मुलचन्द वावालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

एयर अरेवियाको उडानद्वारा सारजाहबाट काठमाडौं आएका उनको साथबाट टाँक ३ थान, सिक्री १ थान र पत्थर जडित औठी १ थानमा रहेको उक्त धातुसहित बरामद भएको छ ।

उनलाई आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्