दोहोरी साँझमा आगलागी हुँदा ६० लाखको क्षति

मंसिर २७-कास्की, पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित नैना दोहोरी साँझमा आगलागी करिब ६० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बिष्णु आचार्यको उक्त दोहोरी साँझमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी भएको हो ।

आगलागीबाट एसी ५ थान, मोबाईल १० थान, फ्रिज १ थान, सिसिटिभी क्यामेरा ५ थान, कम्प्युटर  १ थान, साउण्ड सिस्टम १ सेट, टिभी १ थान, सोफा १५ सेट, विभिन्न ब्राण्डको मदिरा, ग्याँस गिजर १ थान, पंखा ४ थान लगायतका बिभिन्न सरसामानहरू, नगद ५० हजार रूपैयाँ र बैंक चेक लगायत कागजात जलेर क्षति भएको हो ।

प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्