भिरबाट लडेर एक जना घाइते

मंसिर २७-अछाम, अछाममा भिरबाट लडेर एक जना घाइते भएका छन्। जिल्लाको रामारोशन गाउँपालिका–५ खौलाका ४९ वर्षीय दानबहादुर बोहरा गोरुलाई पराल तान्ने क्रममा भिरबाट लडेर घाइते भएका हुन्।

उनलाई थप उपचारका लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्