कटुवा पेस्तोल र लागूऔषधसहित एक जना पक्राउ

मंसिर २६-ललितपुर, ललितपुर महानगरपालिका-३ झम्सिखलेबाट लागूऔषध र कटुवा पेस्तोलसहित उदयपुर लेखानि गाउँपालिका-९ घर भएका ४० वर्षीय अबिनाष राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड,  लागूऔषध Amphetamine (ATS) जस्तो देखिने पदार्थ ४ सय ८५ ग्राम, नगद ६० हजार नेपाली रूपैयाँ र ११ हजार भारतीय रुपैयाँ बरामद भएको छ ।

झम्सिखलेमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त हातहतियार र लागूऔषधसहित उनलाई पक्राउ गरेको हो । साथै नियन्त्रणमा लिने क्रममा राईले पेस्तोल निकाली प्रहरीलाई नै लक्षित गरी फायर गर्न लाग्दा प्रहरीको तर्फबाट जवाफी कारवाहीमा घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्