धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या

मंसिर २६-बैतडी, बैतडीमा धारिलो हतियार प्रयोग गरेर एक महिलाको हत्या गरिएको छ।

जिल्लाको सुर्नया गाउँपालिका–३ बिजुलका करिब ३२ बर्षीय तेजबहादुर चन्दले सोही स्थानकी करिब ५६ बर्षीया हरिना बिष्टको धारिलो हतियार प्रयोग गरि हत्या गरेका हुन्। चन्दले मंगलबार दिउँसो घरमै पुगेर बिष्टको सब्बल, हसिया लगायत हतियारको प्रयोग गरेर हत्या गरेको स्थानीय भुवन भट्टले बताए।

 

स्थानीयले घटनाको विषयमा खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको हो। मानसिक सन्तुलन ठीक नभएका चन्दले बिष्टको हत्या गर्नुका साथै उनको गोठमा रहेका दुई बाख्रा समेत मारिदिएका छन्। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए।

प्रतिक्रिया दिनुहोस्