मंसिर २६-सिमकोट, सिमकोट गाउँपालिका– ५ तल्लो गाउँको टुक्मामा रहेको नेपाली कांग्रेस हुम्लाका उपसभापति वसन्त रोकायाको घरमा आगलागी भएको छ।
घरको दोस्रो तल्लामा रहेको भान्सामा जडान गरिएको सुधारिएको फलामे चुल्होमा बालिएको आगोले माथिल्लो तल्लाको बैठक कक्षमा राखिएका कागजातहरु भेटाएपछि आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
प्रहरी नायब उपरीक्षक रवीन्द्र खरेलले रोकायाको घरमा आगलागी हुँदा नगद चार लाख रुपैयाँसहित लत्ताकपडा, गरगहना, फर्निचर, ल्यापटप, प्रिन्टरलगायतका सामान जलेर नष्ट भएको बताए।
आगलागी नियन्त्रण गर्न प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, कर्मचारी र सर्वसाधारणलाई नियन्त्रण लिन चार घण्टाभन्दा बढी समय लागेको थियो।
प्रतिक्रिया दिनुहोस्