मंसिर २५-कैलाली, कैलालीमा मोटरसाइकल दुर्घटना हुदा सोमवार एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनी स्थित पुर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको से ३ प १४१७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो।
उक्त दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका–१३ का ४५ वर्षीय कुते सार्कीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका सार्कीलाई सेती प्रादेशीक अस्पतालमा डाक्टरले चेक जाँच गर्ने क्रममा मृत घोषणा गरेका हुन्। दुर्घटनामा एक जना घाइते भएकाछन्।
दुर्घटनामा घाईते भएका मोटरसाईकल पछाडी सवार सोहि ठाउँकै ३९ वर्षीय तेजबहादुर सार्कीको सेती अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्