मंसिर २४-मकवानपुर, मकवानपुरकाे थाहा नगरपालिका-९ चित्लाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।
काठमाण्डौबाट चित्लाङका लागि छुटेकाे बा.४ ख ८७७३ नम्बरको बस र काठमाण्डाै आउँदै गरेकाे बा.६५ प ४१७३ नम्बरको मोटरसाइकल गएराति ठाेक्किएका हुन् ।
दुर्घटनामा थाहा नगरपालिका-१० बस्ने ३० वर्षीय मनोज गमालकाे ज्यान गएकाे हाे । उहाँकाे काठमाण्डाैकाे ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएकाे हाे । घाइते ४८ वर्षीय शम्भु गमालकाे उपचार भइरहेकाे मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिनुभयाे।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्