चन्द्रागिरी. नागढुंगाबाट दुई किलो अवैध सुनसहित ३ जना पक्राउ

मंसिर २२-काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट सुन जस्तो देखिने पहेलो धातु २ किलोग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवा गोसाइकुण्ड गाउँपालिका-५ घर भएका २६ बिरू तामाङ, २१ वर्षीय सुनिल भुजेल र २८ वर्षीय ग्याल छिरिङ तामाङ रहेका छन् ।

भन्सार छली सुन ल्याउन लागेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०२८ च २६९७ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गियरबक्स नजिक बिस्कुट आकारमा २ थानमा रहेको उक्त धातुसहित उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट ६ थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्