विमानस्थलबाट १४ केजी सुनसहित १ जना पक्राउ

मंसिर २२-काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाका चन्द्र बहादुर घले रहेका छन् । उनी बिहीबार राति फ्लाइ दुबईको फ्लाइटबाट आएका हुन् ।घलेलाई भन्सारकाे टाेलीले पक्राउ गरेकाे हाे ।  उनकाे साथबाट २ केजीका दरले ७ वटा विस्कुट बरामद भएको थियो ।

चन्द्र डेढ हप्ता अघि मात्र दुबई गएका थिए । एक वर्षमा ३ पटक दुबई गएको प्रहरी स्रोतले बताएको छ ।

विशेष सूचनाको आधारमा चन्द्रलाई सुनसहित पक्राउ गरेपछि थप अनुसन्धानका क्रममा उनले मिन बहादुर घलेका लागि सुन ल्याइदिएको बताएपछि मिन बहादुरलाई प्रहरीले धुम्बराहीबाट पक्राउ गरेकाे हो ।

प्रतिक्रिया दिनुहोस्