मंसिर २१-बाँके, कर्तव्य ज्यान मुद्दाका प्रतिवादी नेपालगंज उपमहानगरपालिका-२२ बस्ने ५५ वर्षीय मोहमद् हाफिम खाँलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाँकेको २०६६ असार २२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस्