मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको उपचारका क्रममा मृत्यु

मंसिर २१-कञ्चनपुर, कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा बुधवार मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय घुम्मन राना र पछाडि सवार धनगढी उपमहानगरपालिका–६ बस्ने २० वर्षीय महेश चौधरीको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्