डेढ किलो गाँजासहित २ जना पक्राउ

मंसिर २०-कास्की,  पोखरा महानगरपालिका-१४ नयाँपुलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही महानगरपालिका-१४ समिनतारा बस्ने २० वर्षीय पूर्ण तामाङ समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

 उनीहरुले नयाँपुलबाट एक जनाको साइकल खोसी लगेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उक्त साइकल र  पूर्ण तामाङको कोठाबाट उक्त गाँजा गरी दुवै जनालाई नियन्त्रणमा लएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्