रुकुम पश्चिमको सोती हत्या घट्नाका २३ आरोपीलाई जन्मकैद

मंसिर १९-रुकुम जिल्ला अदालतले रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको उक्त घटनाको मुद्दाको अन्तिम फैसला आएको हो ।

आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्ग बहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

त्यस्तै नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद तोकिएको छ । नवराजकी प्रेमीका उनकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल सजायको फैसला गरिएको हो ।

साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनालाई भने सफाइ दिइएको छ

प्रतिक्रिया दिनुहोस्