अवैध सुन, चाँदी र स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

मंसिर १९-काभ्रे, बनेपा नगरपालिका-७ वकुटोल डेरा गरी बस्ने भारत महाराष्ट्र साङली घर भएका ३९ वर्षीय सचिन बिभुते अवैध सुन, चाँदी र नगदसहित पक्राउ परेका छन् । सचिनले आफ्नो कोठामा अवैध रूपमा सुन तथा चाँदी गाली बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनलाई सोमबार बेलुकी पक्राउ गरेको हो ।

उनको कोठाबाट बिल नभएको सुन जस्तो देखिने धातु २ सय ३५ ग्राम ९ मिलिग्राम तथा चाँदी जस्तो देखिने धातु १ केजी ९ सय १ ग्राम २६ मिलिग्राम र स्रोत नखुलेको नगद ५ लाख ७६ हजार १ सय ३५ नेपाली तथा २२ हजार भारतीय रूपैयाँ बरामद भएको छ । साथै डिजिटल तराजु, २ सय ग्रामको ढक, माटोको बोचा १० थान, सुनको आकार दिने फलामको ढाला, माटोको मट्टी २ थान, मोबाइल २ थान, बैंक चेक २ थान लगायतका सामान समेत बरामद भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्