झाडीमा सेउलाले छोपेको अवस्थामा एक पुरुषको शव फेला

मंसिर १९-उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका-५ दमौटीमा एक पुरुषको शव फेला परेको छ। दमौटी कटुवारी टोलका करिब ६० वर्षीय श्याम राईको शव झाडीमा सामान्य सेउलाले छोपेको अवस्थामा फेला परेको हो।

३/४ दिनदेखि हराइरहेका राईको घटना अवस्था हेर्दा शंकास्पद देखिएकाले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए।

स्थानीयका अनुसार राईको श्रीमतीसँग झगडा परेको बुझिएको छ। स्थानीयकै बयानका आधारमा प्रहरीले श्रीमतीलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्