मंसिर १८-काठमाडौं, सामाजिक सञ्जालको प्रयोग गरी अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका लाजिम्पाट बस्ने काभ्रेपलाञ्चोक भुमलु घर भएका २७ वर्षीय सुरेश कुमार श्रेष्ठ र काठमाडौं महानगरपालिका-१४ घर भई कलंकी बस्ने २७ वर्षीय सुरज खड्का रहेका छन् । उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
यसअघि आइतबार सोही अभियोगमा काठमाडौंका विभिन्न स्थानबाट ५ जनालाई प्रहरीले पक्राउ गरी कानुनी कारवाही प्रकृया अगाडि बढाएको थियो ।
प्रतिक्रिया दिनुहोस्