टीकापुरको बनगाउँबाट अवैध लागूऔषधसहित पक्राउ

मंसिर १८-कैलाली, टीकापुर नगरपालिका-१ बनगाउँबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्रामसहित सोही नगरपालिका-३ शंकरपुर बस्ने २५ वर्षीय कमल श्रीपाईली समेत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ६ सय ८० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय ललित खत्री र ३२ वर्षीय बिकाश खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कपिलवस्तु, बाणगंगा नगरपालिका-२ कप्टैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय अमित बिकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्